धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेश सभालाई सम्बोधन गर्दे पदबाट राजीनामा दिएका छन् । उनले प्रदेश सभामा बोल्दै नेपाली कांग्रेस र नेकपा (एमाले) को माग बमोजिम मार्ग प्रशस्त गरेको बताए ।
सभामुख भीमबहादुर भण्डारीले मुख्यमन्त्री सोडारीले विश्वासको मतको लागि प्रस्ताव पेस गर्ने अनुमति लिएको भए पनि प्रस्ताव नगरेको बताउँदै बैठक स्थगित गरेका थिए ।
आजै प्रदेश प्रमुख नाजिर मियालाई राजीनामा बुझाएका छन् । नेकपा (एकीकृत समाजवादी) का दलका नेता सोडारी एमाले, माओवादी र नागरिक उन्मुक्तिको समर्थनमा वैशाख ६ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।
2024-08-02
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार