बर्दिया : बर्दियामा ५० बोरा तरबुजाको बिउ बरामद गरिएको छ । बढैयाताल गाउापालिका –२ फुटाहामा लुकाइ छिपाइ राखेको तरबुजाको बर्दियामा प्रहरीले १० लाख बराबरको तर्बुजाको बिउ फेला पारेको हो ।
बाटोको छेउमा खरबुजाको बिउमा लुकाइ राखेको गोप्य सूचनाको आधारमा तरबुजाको बिउ फेला पारेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक एवम् निमित्त सूचना अधिकारी बिरेन्द्रबहादुर बोहराले जानकारी दिए ।
उनले हालको बजार मूल्यअनुसार तरबुजाको बिउको मूल्य १० लाख रुपैयाँ बराबरको रहेको छ । फेला परेको तरबुजाको बिउ आवश्यक अनुसन्धानका लागि राजापुर भन्सार कार्यालयमा बुझाइएको छ ।
2026-08-25
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार