प्युठान : लायन्स क्लब इन्टरनेशनलले डायलासिस सेवा सञ्चालनका लागि प्युठान जिल्ला अस्पताललाई एक करोड बढी रकम सहयोग हस्तान्तरण गरेको छ ।
शनिवार जुम्रीमा आयोजित कार्यक्रममा लायन्सका निवर्तमान गर्भनर मुकुट ढकालले जिल्ला समन्वय समितिका प्रमुख धरम जिसी प्युठान अस्पताल विकास समितिका अध्यक्ष विजयविराज विष्टलाई संयुक्तरुपमा एक करोड ३० लाख २७ हजार ५ सय ४७ रुपैयाँ बराबरको चेक हस्तान्तरण गरे ।
डायलासिस परियोजनाअन्तर्गत ७५ प्रतिशत लागत रकम लायन्सले उपलब्ध गराएको हो । स्थानीय सरकारले ब्यहोर्ने २५ प्रतिशत रकम उठ्न बाँकी छ । ५–५ लाख रुपैयाँ सहयोग गर्ने जिल्लाका स्थानीय तहको प्रतिबद्धता छ ।
जिल्लामा यो सुबिधा नहुँदा बिरामी लमही, नेपालगञ्ज, बुटवल जानुपर्ने बाध्यता छ । जिल्ला अस्पताल विकास समितिका अध्यक्ष विजयविराज विष्टले अस्पतालमा डायलासिस सेवा सञ्चालन गर्न आवश्यक प्रक्रिया अगाडि बढाइने बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार