Listen LIVE

यस वर्ष स्पोटीफाइमा धेरै सुनिने गायिका बनिन् टेलर स्वीफ्ट

काठमाण्डौ : अमेरिकी गायिका टेलर स्वीफ्ट लगातार दोस्रो वर्ष स्पोटीफाइमा सबैभन्दा धेरै सुनिने संगीतकर्मी बनेकी छन् । स्पोटीफाइले सन् २०२४ मा प्लाटफर्ममा संसारभर धेरै सुनिएका गीत र कलाकारको सूची सार्वजनिक गरेको छ ।

यस वर्ष सुनिने शीर्ष १० सूचीको पहिलो स्थानमा स्वीफ्ट छिन् । स्पोटीफाइका अनुसार २६.६ बिलियन पटक स्वीफ्टका गीतलाई सुनिएको छ । स्वीफ्टको पछिल्लो एल्बम ‘द टर्चड पोएट्स डिपार्टमेन्ट’ यस वर्ष सबैभन्दा धेरै सुनिने एल्बम बनेको छ ।

स्पोटीफाइमा यस वर्ष संसारभर धेरै सुनिएका आर्टिस्टको शीर्ष स्थानमा टेलर स्वीफ्ट हुँदा दोस्रोमा द विकेन्ड, तेस्रोमा ब्याड बनी, चौथोमा ड्रेक, पाँचौंमा बिली एलिस, छैटौंमा ट्राभिस स्कट, सातौंमा पेसो प्लुमा, आठौंमा कान्ये वेस्ट, नवौंमा एरियाना ग्रान्डे र दशौंमा फेड छन् ।

स्पोटीफाइले सार्वजनिक गरेका उत्कृष्ट १० एल्बमको सूचीमा महिला संगीतकर्मीको दबदबा देखिएको छ ।

प्रतिक्रिया