काठमाण्डौ : नेकपा (एमाले)को आन्तरिक राजनीतिमा निकै ठूलो उतारचढावको अवस्था देखिएको छ । पूर्वराष्ट्रपति विद्याा भण्डारी सक्रिय पार्टी राजनीतिमा फर्कने हल्ला अब यथार्थमा बदलिने भएको छ ।
भोली शनिबार मदन भण्डारी फाउन्डेशनले काठमाण्डौको राष्ट्रिय सभागृहमा ‘मदन भण्डारी स्मृति दिवस’ कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रमलाई नेकपा (एमाले)को आन्तरिक पार्टी जीवनमा अर्थपूर्ण रूपमा हेरिँदैछ । सोही कार्यक्रममा मदन भण्डारी पत्नी तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा फर्किने घोषणा गर्दैछिन् ।
एमालेका स्थायी समिति सदस्य कर्णबहादुर थापाका अनुसार उक्त कार्यक्रममा भण्डारीले सक्रिय राजनीतिमा फर्किनेबारे बोल्ने गरी तयारी गरेकी छन् । भण्डारीको तयारीबारे सोध्दा थापाले भने, ‘भोलि उहाँले एउटा स्पष्ट राजनीतिक सन्देश दिनुहुन्छ जस्तो लाग्छ मलाई । यो कुरा त्यति टाढा पनि छैन । भोलि उहाँले कुनै दुविधा नरहने गरी स्पष्ट पार्नुहुन्छ । त्यसैगरी तयारी गर्नुभएको छ ।’
थापाले भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर कुराकानी गरिसकेकाले पनि भोलि दुविधा नरहने गरी बोल्ने बताए । भण्डारी सक्रिय राजनीतिमा फर्कने घटना सामान्य होइन । उनी सक्रिय राजनीतिमा फर्किएपछि पार्टी नेतृत्वमै पुग्ने गरी फर्किँदैछन् । यो चर्चा भण्डारी राष्ट्रपतिको पदबाट हटेसँगै सुरु भएको हो । त्यसैले पनि एमाले वृत्तमा यो चर्चाले निकै महत्व पाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार