बर्दिया : वेमौसमी वर्षाका कारण यस वर्ष बर्दियामा धानको उत्पादन गत वर्ष भन्दा करिब १५ प्रतिशतले घटेको छ । असोजमा परेको लगातारको वर्षाले भित्राउन लागेको धानवाली भिजेको र डुबेकोका कारण किसानले ठुलो क्षती व्योहोर्न परेको हो ।
यस वर्ष धान उत्पादनमा करिब १५ प्रतिशतले कमी आएको कृषि तथा पशु पंक्षी विकास कार्यालयका कृषि प्रसार अधिकृत सेतीराम बबालले बताए । एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालले सबै पालिकाको कृषि शाखाबाट धानवाली उत्पादनको तथ्यांक लिएका आधारमा उत्पादनमा कमी आएको जनाए ।
रोपाइका समय पर्याप्त वर्षा नहुँदा निकै सास्ती भोगेका किसानले धान भित्राउने समय भने लगातार झरी परेपछि क्षती व्योहोर्न बाध्य भएका थिए ।
बर्दियामा करिब ५० हजार १ सय हेक्टरमा धान खेती हुने गर्छ । गत वर्ष बर्दियामा धानको उत्पादन २ लाख ३० हजार मेट्रिक टन भएको थियो । धानवाली भित्राउने सयम विगत केही वर्ष यता वेमौसमी वर्षा हुँदै आएकोले क्षती पु¥याउँदै आएको छ । यस वर्ष जिल्लाको राजापुर र गेरुवा बाहेक अन्य ६ पालिकामा वेमौसमी वर्षाले धानवालीलाई बढी क्षती पु¥याएको कृषि तथा पशुपंक्षी विकास कार्यालयले जनाएको छ ।
गुलरिया नगरपालिका–१० का किसान दिपक चौधरीले गत असोजमा परेको वेमौसमी वर्षातले यस वर्ष धानवालीलाई ठुलो क्षती पु¥याएको जनाए । धानवालीमा क्षती पु¥याएपनि सरकारले राहत उपलब्ध नगराएको उनले गुनासो पोखे ।
बर्दियाको राजापुर र गेरुवा पालिकामा दुई वाली धान लगाउने गरिन्छ । यहाँका किसानले चैते र वर्षे धान लगाउने गर्छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार