नरैनापुर (बाँके) : नरैनापुर गाउँपालिकाले सञ्चालन गरेका वर्थिङ सेन्टरबाट एक हजार १ सय ५१ जनाले सुरक्षित प्रसुती सेवा लिएका छन् । आर्थिक वर्ष २०८२/८३ मा गाउँपालिकाका विभिन्न वर्थिङ सेन्टरबाट महिलाले उक्त सेवा लिएका हुन् । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा यो संख्या ८ सय ८१ थियो ।
गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले केही वर्षअघिसम्म प्रसुती सेवा लिन नेपालगन्ज वा भारतका सीमावर्ती अस्पतालसम्म पुग्नुपर्ने बाध्यता रहेपनि स्थानीय स्तरमै वर्थिङ सेन्टर भएपछि आफ्नै ठाउँमा सुरक्षित सुत्केरी गराउने संख्या बढेको बताए । सडक, विद्युत, स्वास्थ्य संस्था र जनशक्तिमा भएको विस्तारले नरैनापुरको स्वास्थ्य सेवामा आमूल परिवर्तन आएको उनले बताए ।
वडा–वडामा सञ्चालन भएका वर्थिङ सेन्टरले दुर्गम बस्तीका महिलालाई सुरक्षित सुत्केरी सेवा दिएका छन् । स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार शाहका अनुसार पहिले घरमै सुत्केरी गराउने वा अन्तिम अवस्थासम्म स्वास्थ्य संस्थामा नआउने महिला समेत अहिले नियमित गर्भ परीक्षणदेखि सुत्केरीसम्म वर्थिङ सेन्टरमै पुग्ने गरेका छन् ।
नरैनापुरको वडा नम्बर १ देखि ६ सम्म चौबीसै घण्टा तालिमप्राप्त स्वास्थ्यकर्मीबाट प्रसूति सेवा सञ्चालन भइरहेको उनले बताए । स्वास्थ्य शाखाका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा वडा नम्बर १ मा १ सय ८६, वडा नम्बर २ मा १ सय ७४, वडा नम्बर ३ मा १ सय १, वडा नम्बर ४ मा २ सय ५४, वडा नम्बर ५ मा २ सय ८६ र वडा नम्बर ६ मा १ सय ५३ जनाले सुरक्षित प्रसुती सेवा लिएका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार