नेपालगञ्ज : लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ एन नेपालको नयाँ गभर्नरमा सुर्खेतका टीकाराम चपाईं निर्वाचित भएका छन् । नेपालगञ्जमा सम्पन्न डिस्ट्रिक ३२५ एनको चौथो राष्ट्रिय अधिवेशनले चपाईंलाई गभर्नरमा निर्वाचित गरेको हो ।
त्यसैगरी अधिवेशनबाट फस्ट भाइस डिष्ट्रिक गभर्नरमा महेन्द्रनगरका डा. नेत्रराज चटौत र सेकेन्ड भाइस डिष्ट्रिक गभर्नरमा बाँकेका चिन्तामणि धिताल पनि निर्वाचित भए । नवनिर्वाचित गभर्नर चपाईंले आफ्नो टिम पनि घोषणा गरे ।
डिस्ट्रिकको सचिवमा हरिहर बस्नेत, कोषाध्यक्षमा छविलाल आचार्य र एनसीआइएफ कोअर्डिनेटरमा उमा थापा मगरलाई मनोनयन गरिएको छ ।
त्यसैगरी चार वटा एरियाबाट एरिया चिफ र ओएजी पनि मनोनयन गरिएको छ । एओजीहरु एरिया नम्बर २ बाट मधुसूधन बैद्य, एरिया नम्बर ३ बाट पवित्रा खड्का, एरिया नम्बर ४ बाट पुष्करबहादुर खड्का र एरिया नम्बर ५ बाट घनश्याम चौधरी मनोनित भएका छन् । त्यसैगरी ४ वटा एरिया चिफहरु मनोनित भएकोमा २ नम्बर एरियाबाट भरतराज खड्का, एरिया नम्बर ३ बाट ज्ञानुकुमारी सुवेदी, ४ नम्बर एरियाबाट विन्दु चर्ति मगर र ५ नम्बर एरियाबाट प्रकाश खड्का मनोनित भएका छन् । चार वटै एरियाबाट पीआरओ पनि मनोनित गरिएको छ ।
मनोनित हुनेहरुमा एरिया नम्बर २ बाट खिमप्रसाद पार्धे, एरिया नम्बर ३ बाट सुमन कार्की, एरिया नम्बर ४ बाट विष्णुप्रसाद श्रेष्ठ र एरिया नम्बर ५ बाट संजिता कुँवर रहेका छन् । एरिया नम्बर १ अन्तर्गत काठमाडौंका ७ वटा क्लब रहेका छन् ।
यसैबीच लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ एन नेपालले उद्योगपति प्रदीप छाजेड र समाजसेवी सरिता खनाललाई सम्मान गरेको छ । चौथो राष्ट्रिय अधिवेशनका प्रमुख अतिथि लायन्सका इन्टरनेशनल डाइरेक्टर बालकृष्ण बुर्लाकोटी र गभर्नर ज्ञानेन्द्रकुमार श्रेष्ठले के.एल. दुगडमा आबद्ध छाजेड र नील सेवा आश्रमका अध्यक्ष खनाललाई सम्मान गरेका हुन् ।
गभर्नर श्रेष्ठले आफ्नो कार्यकालमा सघाउने विभिन्न क्षेत्रका व्यक्तिहरुलाई पनि सम्मान गरेका थिए । बन्द शत्रमा सचिव नरेन्द्र श्रेष्ठ र कोषाध्यक्ष भीम सुवेदीको आर्थिक प्रतिवेदन पनि पारित गरेको थियो । पूर्व गभर्नर मधुसूधन शर्माले प्रस्तुत गरेको लायन्स धरम भकारी कोष कार्यविधि पनि सर्वसम्मत रुपमा पारित भएको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार