Listen LIVE

जुवा खेल्दै गरेका ७ जना पक्राउ, ९ जना फरार

बर्दिया : गुलरिया नगरपालिका–२ स्थित हिना राइस मिल पछाडि सगुनको रुखमुनी जुवा खेल्दै गरेका सात जनालाई प्रहरीले पक्राउ गरेको छ । जुवाको खालबाट १ लाख ३१ हजार २ सय ५ रुपैयाँ बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी डीएसपी तुल्सीराम अर्यालका अनुसार पक्राउ पर्नेमा राजापुर नपा–२ का ६० वर्षीय राजाराम थारु,सोही पालिका–६ का ध्रुव देवकोटा, गेरुवा गापा–३० वर्षीय मोहर मली कुरेसीसहित सात जना रहेका छन् ।

जुवाको खालबाट तास ५ गड्डी, चप्पल १३ जोर, जुत्ता ३ जोर, त्रिपाल १ थान, मोबाइल ५ वटा र रातो कार्पेट १ वटा बरामद गरेको उनले जनाए ।

प्रहरीले छापा हान्दा जुवा खेलाउने मुख्य अभियोगीसहित नौ जना मोटो रकमसहित फरार भएको जनाएको छ । प्रहरी स्रोतका अनुसार बाह्रै महिना जुवा खेलाउने गरेको सूचनाका आधारमा छापा मरिएको हो ।

उनीहरू माथि आवश्यक अनुसन्धानसहित कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया