Listen LIVE

अवैध काठसहितको ट्याक्टर प्रहरीको नियन्त्रणमा

नेपालगञ्ज : बाँकेको जानकी गाउँपालिका–२ कर्मोहना क्षेत्रबाट अवैध रूपमा कटान गरी ढुवानी भइरहेको काठसहित एक ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार असार २ गते प्राप्त सूचनाका आधारमा गरिएको कारबाहीका क्रममा सिमल, मसला र सिसौ जातका काठ बरामद गरिएको हो। अवैध रूपमा ढुवानी भइरहेको अवस्थामा काठसहित ट्याक्टर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

बरामद काठ, ढुवानीमा संलग्न व्यक्ति तथा ट्याक्टरलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय नेपालगञ्ज, बाँकेमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

वन पैदावारको अवैध कटान तथा ओसारपसार नियन्त्रणका लागि सुरक्षा निकायले निगरानी र कारबाहीलाई निरन्तरता दिएको जनाएको छ।

प्रतिक्रिया