Listen LIVE

धवलशम्सेरको रिहाइको माग गर्दै नेपालगञ्जमा प्रदर्शन

नेपालगञ्ज : बाँके निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य धवलशम्सेर राणाको रिहाईको माग गर्दै उनका समर्थकहरुले नेपालगञ्जमा प्रदर्शन गरेका छन् । राजा तथा हिन्दु राष्ट्र समर्थकले बनाएको जिल्लास्तरीय आन्दोलन परिचालन समितिको अगुवाईमा नेपालगञ्जमा प्रदर्शन गरिएको हो ।

नेपालगञ्जको सुर्खेतरोडमा भएको प्रदर्शन नाराबाजीसहितको धम्बोझी चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । धम्बोझीचोकमा प्रदर्शनकारीले टायर बालेर केहीबेर सडक अवरुद्ध समेत गरेका थिए ।

कोणसभालाई सम्बोधन गर्दै जिल्लास्तरीय आन्दोलन परिचालन समितिका संयोजक नरेन्द्र पौडेलले पक्राउ परेका नेताहरुलाई बिना शर्त रिहाई नगरे आन्दोलन चर्काउने चेतावनी दिए ।

कोणसभामा नेपाल शिवसेनाका महासचिव मंगल जीएम, राजावादी नेता तेजबिक्रम शाहलगायत बोलेका थिए ।

प्रतिक्रिया