नेपालगञ्ज : नेपाल पत्रकार महासंघ जापान शाखाको आयोजनामा हुने 'एफएनजे ग्लोबल मिडिया कन्फरेन्स–२०२६' मा भाग लिन नेपालगञ्जबाट पत्रकार शुक्रऋषि चौलागाईं प्रस्थान गरेका छन् । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समिति अध्यक्ष चौलागाईं आज जापान तर्फ लागेका हुन् ।
जापान शाखाको कार्यसमिति बैठकले यही २५ जुलाईमा राजधानी टोकियोमा सम्मेलन गर्दैछ । पत्रकार महासंघ केन्द्रीय अध्यक्ष निर्मला शर्मासहितको एक टोलि टोकियो पुगिसकेको छ । 'प्रवासी नेपाल र विश्वलाई जोड्ने' मूलनारासहित हुन लागेको उक्त सम्मेलनको सहआयोजकमा महासंघका १२ वटा वैदेशिक शाखाहरु छन् ।
सम्मेलन व्यवस्थित र भव्य बनाउन महासंघको केन्द्रीय पदाधिकारी तथा सदस्य, प्रदेश अध्यक्ष, वैदेशिक शाखाका अध्यक्ष तथा प्रतिनिधि, जापानका पत्रकार र विश्वभरका नेपाली पत्रकारको उल्लेख सहभागिता रहने बताइएको छ ।
पत्रकार महासंघ जापान अध्यक्ष रवीन्द्र श्रेष्ठले सम्मेलनको अन्तिम तयारी भइरहेको जानकारी दिएका छन् ।
सम्मेलन समापनलगत्तै महासंघको केन्द्रीय समिति बैठक पनि जापानमै बस्ने तयारी छ । प्रवास शाखाको रुपमा जापान शाखाको स्थापना सन् २०११ मा भएको हो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार