Listen LIVE

लेबनानमा इजरायली आक्रमण, पत्रकारसहित पाँच जनाको मृत्यु

एजेन्सी : लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) र  अल जजिराले उद्धृत गरे अनुसार दक्षिणी लेबनानमा भएको पछिल्लो इजरायली आक्रमणमा एक पत्रकारसहित पाँच जनाको मृत्यु भएको छ ।

रिपोर्टका अनुसार, सुरुमा दक्षिण लेबनानको एट–टिरी गाउँमा एउटा गाडीलाई लक्षित गरी गरेको इजरायली आक्रमणका कारण गाडी भित्र रहेका दुई जनाको मृत्यु भएको थियो ।

इजरायली सेनाले दक्षिणी लेबनानमा दुई वटा गाडीलाई लक्षित गरी आक्रमण गरेको बताएको छ । 

यसैबिच, लेबनानको राष्ट्रिय समाचार एजेन्सीलाई उद्धृत गरी अल जजिराले रिपोर्ट गरे अनुसार, एट–टिरी गाउँको भवनमा भएको हवाई आक्रमणमा एक जना पत्रकारको घाइते भएको केहि समय पछि मृत्यु भएको हो। 

लेबनानका सूचना तथा सञ्चार मन्त्री पल मोर्कसले पत्रकारहरूमाथि भएको इजरायली आक्रमणको निन्दा गर्नुभएको छ । 

सामाजिक सञ्जालमा मोर्कसले पत्रकारहरूको सुरक्षा र कामको स्वतन्त्रताको ग्यारेन्टी तुरुन्तै सुनिश्चित गर्ने आवश्यकतालाई पुष्टि गर्दै यस घटनाको जिम्मेवार इजरायल भएको बताए ।

यस अघि, इजरायली डिफेन्स फोर्स (आइडिएफ)ले हिज्बुल्लाहले युद्धविराम उल्लङ्घन गरेको दाबी गरेपछि दक्षिणी लेबनानमा आफ्नो सेना र वायुसेनाले आक्रमण गरेको बताएको थियो ।

आइडिएफले विज्ञप्ति जारी गर्दै दक्षिणी लेबनानको सालुकी क्षेत्रमा घटना भएको बताएको छ, जहाँ आइडिएफले सम्भावित खतरा पत्ता लगाएको दाबी गरेको छ ।  

सेनाले स्थितिलाई नियन्त्रण गर्न हवाई आक्रमणको जवाफ दिएको र हिजबुल्लाहसँग सम्बन्धित पूर्वाधारलाई लक्षित गर्ने प्रयाससहित यस क्षेत्रमा अपरेसन जारी रहेको बताएको छ ।

प्रतिक्रिया