काठमाण्डौ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा केन्द्रित हुन पार्टीका नेता कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्।
एमालेको शनिवार आयोजित केन्द्रीय कमिटीको बैठकमा उनले निर्वाचनको तयारी गर्न निर्देशन दिएका हुन्। उनले निर्वाचनको वातावरण बनि नसकेको भए पनि निर्वाचन गर्नुपर्ने बताए। नेताहरूलाई विभिन्न लाञ्छना तथा आरोप लगाउने, फसाउन खोज्ने जस्ता प्रवृत्ति अझै रहेको उल्लेख गर्दै भयरहित निर्वाचनको वातावरण बनाउन सरकार असफल भएको आरोप लगाए।
उनले विभिन्न वाहानामा निर्वाचन सार्ने वातावरण भइरहेको बताउँदै फागुन २१ गते नै निर्वाचन गर्न पनि सरकारसँग आग्रह गरे। उनले सरकारलाई राजनीतिक सहमतिको आधारमा मात्रै निर्वाचनसम्बन्धी अन्य निर्णय गर्न सुझाव दिए।
उनले समानुपातिक निर्वाचनको लागी पार्टी सर्वसहमतिले बन्दसूचिमा नाम सिफारिस गरेको जानकारी दिए। प्रत्यक्ष निर्वाचनको नाम सिफारिस गर्दा एकल सिफारिसका नाममा तल्लो कमिटिमा केही विवाद देखिएको उल्लेख गर्दै उनले विवाद सिर्जना नगरी पार्टी निर्देशनअनुसार काम गर्न आग्रह गरे।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार