देहरादून : भारतको पहाडी राज्य उत्तराखण्डमा आएको पहिरोसँगै एक सयभन्दा बढी व्यक्ति अझै बेपत्ता रहेको स्थानीयले बताएका छन्।
भग्नावशेषमुनि फसेकाहरूको खोजीलाई तीव्र बनाउन उन्नत उपकरण हवाई मार्गबाट लैजाने प्रयास भइरहेको बताइएको छ। यद्यपि प्रत्येक दिन बित्दै जाँदा उनीहरूको जीवित नै रहने सम्भावना कम छ।
बेपत्ता हुनेहरूमा महाराष्ट्रको जलगाउँ क्षेत्रका १६ जना पर्यटकको समूह र केही नेपाली नागरिक पनि रहेको बताइएको छ। खोज र उद्धार कार्य जारी भए पनि अहिलेसम्म ६ जनाको मात्र शव निकालिएको छ।
2025-08-10
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार