Listen LIVE

नेपालगञ्ज १८ मा विकास निर्माणले गति लिँदै

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ का वडाध्यक्ष दीपककुमार वर्माले विकास निर्माणलाई तीव्रता दिँदै पुराना बस्तीहरूमा सडक तथा नाला निर्माण कार्यको शिलान्यास गरेका छन् ।

उक्त सडक तथा नालला निर्माण कार्य सुर्खेत रोड एस के पेट्रोल पम्प पछाडी र हाल यातायात कार्यालयको पुर्ब पट्टीको टोलमा वडाध्यक्ष बर्माले सडक शिलान्यास गरेका हुन् । उक्त टोलमा ३५ लाखको लागतमा ३०० मिटर आर सी सी नाला स्तरोन्नतिको निर्माण कार्य हुने जनाईएको छ ।

वर्षौंदेखि विवादका कारण रोकिएको उक्त सडक निर्माण कार्यलाई वडाध्यक्ष वर्माले आफै खटेर स्थानीयबीचको विवाद समाधान गर्दै अगाडि बढाउन सफल भएको बताए ।

यसअघि विभिन्न समयमा बजेट विनियोजन भएपनि विवाद कै कारण निर्माण कार्य हुन सकेको थिएन । अहिले सडक निर्माण शुरु भएपछि स्थानीय बासिन्दा खुशी भएका छन् ।

वडाध्यक्ष बर्माले शिलान्यास गरि नेपालगञ्ज–१८ को नागरिक टोलमा पनि २५ लाखको लागतमा ४३५ मिटर पीसीसी सडक निर्माण कार्य तीव्ररूपमा अगाडि बढिरहेको बताएका छन् । गत आर्थिक वर्षमा उक्त क्षेत्रमा आरसिसी नाला निर्माण सम्पन्न भएको थियो भने यसवर्ष वडाध्यक्ष वर्माले बजेट व्यवस्थापन गरी सडक निर्माणलाई अगाडि बढाएको बताए ।

पुराना बस्तीहरूमा पूर्वाधार विकासलाई प्राथमिकता दिँदै वडा नं. १८ मा सडक, नाला तथा अन्य विकास निर्माणका कार्यहरू निरन्तररूपमा अगाडि बढिरहेका छन् ।

प्रतिक्रिया