Listen LIVE

बाढीपीडितका लागि बाँकेमा रगत संकलन शुरु

नेपालगञ्ज : रसुवाको भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीबाट घाइते भएकाहरूको उपचारमा आवश्यक पर्ने रगत व्यवस्थापनका लागि सञ्चारिका समूह बाँकेले रगत संकलन शुरु गरेको छ ।

समूहको आयोजनामा बाँकेको कोहलपुरमा भएको रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेको सञ्चारिका समूह बाँकेकी अध्यक्ष पवित्रा परियारले बताइन् ।

उनले बाढीबाट घाइते तथा प्रभावित नागरिकको उपचारमा रगतको आवश्यकता पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै रक्तदान कार्यक्रम आयोजना गरिएको बताइन् । 

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कोहलपुर उपशाखा र रक्तसञ्चार केन्द्र बाँकेले सहकार्य गरेका थिए । रक्तसञ्चार केन्द्र कोहलपुरका प्रमुख राजेन्द्र महतरा नेतृत्वको टोलीले रगत संकलन तथा व्यवस्थापनमा सहजीकरण गरेको थियो ।

रक्तदान कार्यक्रम लगत्तै …विपद्को समयमा सञ्चारकर्मीको भूमिकाÚ विषयमा अन्तरक्रियासमेत आयोजना गरिएको थियो ।

अन्तरक्रियाका सहभागीहरूले विपद्का बेला सञ्चारमाध्यमले समाचार सम्प्रेषण मात्र नभई उद्धार, उपचार, राहत तथा पुनःस्थापनामा सहयोग पुग्ने सही र विश्वसनीय सूचना नागरिकसम्म पु¥याउनुपर्नेमा जोड दिएका थिए ।

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईंले विपद्को समयमा सञ्चारकर्मीको पहिलो प्राथमिकता सही सूचना प्रवाह हुनुपर्ने जनाउँदै गलत सूचना तथा अफवाहले थप समस्या सिर्जना गर्न सक्ने भएकाले पत्रकारहरूले तथ्य पुष्टि गरेर मात्र समाचार सम्प्रेषणमा जानुपर्ने बताए ।

प्रतिक्रिया