नेपालगञ्ज : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सरकारले जनतामा आशा जगाउने काम गरिरहेको बताएका छन् । नेकपा एमाले बाँके जिल्ला कमिटीको आयोजनामा शुक्रबार नेपालगञ्जमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री अधिकारीले वर्तमान सरकारसँग आम जनताको तहबाट देखिएको आशालाई पूरा गरेर छोड्ने प्रतिबद्धता व्यक्त गरे ।
मन्त्री अधिकारीले भने, “सरकारले जनतामा आशा जगाउने काम गरिरहेको छ, सरकारले जनताका आशा र अपेक्षालाई केन्द्रमा राखेर काम गरिरहेको छ ।“ प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन अनुसार मन्त्रालयहरु जनताको आशा र अपेक्षा पूरा गर्न लागिपरेको उनले बताए ।
मन्त्री अधिकारी सहकारीको क्षेत्रमा देखिएको समस्या समाधानका लागि सरकार गम्भीर रहेको बताउँदै समस्याग्रस्त सहकारीको वर्गिकरणको काम भइरहेको बताए । उनले सङ्घ र प्रदेश अन्तर्गत रहेका सहकारीको पहिचान गरी उनीहरुको अवस्था बुझ्न बलियो नियमावली निर्माण गर्न आवश्यक देखिएको बताए । केही समस्याग्रस्त सहकारीका कारण राम्रो काम गरेका सहकारीहरु पनि बदनाम भइरहेकाले सहकारीको स्पष्ट वर्गीकरण आवश्यक देखिएको मन्त्री अधिकारीको भनाइ छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार