Listen LIVE

मानवसेवा आश्रम नेपालगञ्जको वार्षिक प्रतिवेदन सार्वजनिक

नेपालगञ्ज : नेपालगञ्जमा सञ्चालित मानव सेवा आश्रमले आफ्नो १ वर्षको आयब्यय सहितको प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । आश्रमको नेपालगञ्ज कार्यालयमा एक कार्यक्रमका बीच आश्रमको नेपालगन्जको प्रतिवेदन सार्वजनिक गरेको हो ।

२०७९ साल बैशाख १ गते मानवसेवा आश्रम नेपालगञ्ज, बाँके शाखा विधिवत रूपमा स्थापना भई मानवताको संरक्षण, संवद्र्धन तथा प्रवद्र्धन गर्ने अभियानमा निरन्तर क्रियाशील रहँदै आएको छ । 

प्रगति प्रतिवेदन सार्वजनिक गर्दै आश्रमका नेपालगन्ज प्रमुख उर्विन सापकोटाले स्थापनाकालदेखि नै नेपालगञ्ज शाखाले बाँके जिल्लाभित्र रहेका सहयोगापेक्षी, असहाय तथा जोखिमपूर्ण अवस्थाका मानवहरूको उद्धार, संरक्षण, उपचार, पुनस्र्थापना तथा मानवीय व्यवस्थापन कार्यलाई उच्च प्राथमिकतामा राखी जिम्मेवारीपूर्वक सेवा प्रदान गर्दै आइरहेको बताए । 

उनले बाँके शाखाले केन्द्र सरकार, प्रदेश सरकार, जिल्लास्थित स्थानीय तहहरू, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकायहरू, विभिन्न सरकारी तथा गैरसरकारी संघ(संस्थाहरू, समुदायका दातृ मनहरू तथा स्वयंसेवकहरूसँगको समन्वय, सहकार्य तथा साझेदारीमा ूजसका कोही छैनन्, जसको केही छैन, उनैको सेवामा समर्पित रहने मूल आदर्शलाई आत्मसात गर्दै संस्थाको घोषित लक्ष्य तथा उद्देश्य प्राप्तिप्रति दृढ प्रतिबद्धताका साथ निरन्तर क्रियाशील रहँदै आएको जानकारी दिए ।

आश्रमको आयब्यय प्रस्तुत गर्दै मानव सेवा आश्रम लुम्बिनी प्रदेश संयोजक सरु अधिकारीले आव ०८१÷८२ मा बिभिन्न दाताहरुबाट १ करोड १७ लाख ९४ हजार ३६२ सेवा योगदान भएको र ८५ लाख १९ हजार १३० रुपैयाँ सेवा खर्च भएको जानकारी दिइन् । उनका अनुसार आश्रमले संचालन गर्नेगरि अहिले सम्ममा २ लाख ३३ हजार ६६७ रुपैयााको अक्षय कोष सरक्षण भएको छ । ८ वटा स्थानीय सरकार रहेको बाँकेमा संचालनमा रहेको आश्रमलाई बाँकेका २ वटा पालिकाले मात्र सेवा योगदान गरेका छन् ।

०८१–८२ मा जानकी गाउँपालिकाबाट ९८ हजार ५३५, नेपालगञ्ज उपमहानगरपालिकाबाट ५ लाख ९१ हजार र बर्दियाको बाँसगढी नगरपालिकाबाट ३० हजार सेवा योगदान भएको संयोजक अधिकारीले बताइन् । नेपालगन्जको आश्रममा ४६ जना महिला र १९ जना पुरुषले आश्रय लिइरहेका छन् ।

मकवानपुर जिल्ला, हेटौडाका सडकपेटी तथा सार्वजनिक स्थलहरूमा खुला आकाशमुनि कष्टपूर्ण जीवन बिताउन बाध्य सहयोगापेक्षी मानवहरूलाई खाना, नाना, छाना, स्वास्थ्य तथा शिक्षाको समुचित प्रवन्ध गर्ने उद्देश्यका साथ २०६९ साल भदौ १३ गते मानवसेवा आश्रमको सेवा कार्य शुरु भएको थियो । 

२०८२ सालभित्र सहयोगापेक्षी सडकआश्रित मानवमुक्त नेपाल निर्माण गर्ने राष्ट्रिय संकल्पलाई कार्यान्वयन गर्ने लक्ष्यसहित संवत् २०७२ सालमा मानवसेवा आश्रम विधिवत रूपमा दर्ता भई देशका विभिन्न भूभागहरूमा सेवा केन्द्र विस्तारको प्रक्रिया प्रारम्भ गरिएको हो ।

हालसम्म मानवसेवा आश्रमले देशका सातै प्रदेश अन्तर्गत २१ जिल्लामा २९ वटा सेवा केन्द्रहरू सञ्चालन गरिरहेको छ । ती सेवा केन्द्रहरू मार्फत २ हजार भन्दा बढी सडक आश्रित ब्यक्तिहरुलाई आश्रय, संरक्षण र सम्बद्र्धन गर्दै आएको छ । यसैगरी, १३ वर्षको सेवा अवधिमा करिब १३ हजार भन्दा बढी सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार कार्य सम्पन्न गरिएको मानव सेवा आश्रमले जनाएको छ । 

यसअवधिमा ६ हजार भन्दा बढी व्यक्तिहरूको सफल पारिवारिक पुनर्मिलन तथा सामुदायिक पुनस्र्थापना गरिएको पनि आश्रमले जानकारी दिएको छ ।

प्रतिक्रिया