नेपालगञ्ज : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बाँके जिल्लाको संगठनलाई थप सशक्त र प्रभावकारी बनाउने उद्देश्यसहित नयाँ जिम्मेवारी बाँडफाँट गरेको छ।
पार्टीको निर्णयअनुसार अकल बहादुर बम जिल्ला इन्चार्ज नियुक्त हुनुभएको छ भने अन्जना थारु र भद्र प्रसाद देवकोटा सह–इन्चार्जको जिम्मेवारीमा रहेका छन् ।
त्यसैगरी, जिल्ला संगठनको दैनिक परिचालन तथा व्यवस्थापनको महत्वपूर्ण जिम्मेवारी दिपक जी.एम. ले संयोजकका रूपमा पाएका छन् । उनीसँगै दल सिंह नाथ योगी सह–संयोजकमा नियुक्त भएका छन् ।
नवनियुक्त पदाधिकारीहरूले पार्टी संगठनलाई वडा तथा टोल तहसम्म थप सक्रिय बनाउने, सदस्यता विस्तार तथा नवीकरण अभियानलाई तीव्रता दिने र जनताका जल्दाबल्दा समस्यामा पार्टीको प्रभावकारी उपस्थिति सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
पार्टीले नयाँ नेतृत्व चयनसँगै बाँकेमा संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार र राजनीतिक गतिविधिलाई थप गतिशील बनाउने अपेक्षा गरेको छ। विशेषगरी संयोजकको जिम्मेवारी सम्हालेका दिपक जी.एम.को काँधमा जिल्लाको संगठनात्मक परिचालनलाई प्रभावकारी बनाउने महत्वपूर्ण जिम्मेवारी आएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार