Listen LIVE

रास्वपा सुदूरपश्चिम प्रदेश सभापतिमा विष्ट निर्वाचित

धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) को सुदूरपश्चिम प्रदेश सभापतिमा इन्जिनियर प्रकाश विष्ट निर्वाचित भएका छन् ।

धनगढीमा भएको सो पार्टीको प्रदेश अधिवेशनमा सांसद जनकसिंह धामीलाई पराजित गर्दै विष्ट प्रदेश सभापतिमा निर्वाचित भएका हुन् । विजयी विष्टले ३५८ मत र उनका प्रतिद्वन्द्वी धामीले १५४ मत प्राप्त गरे । दुवैबीचको मतान्तर २०४ रहेको छ । धामी कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया