नेपालगञ्ज : साविक मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति नेपालगञ्जले लुम्बिनी प्रदेश सरकारसँग खेलकुदका भौतिक पूर्वाधार निर्माण तथा संरक्षणका लागि बजेट माग गरेको छ ।
समितिका कार्यालय प्रमुख महेश चन्दको नेतृत्वमा गएको टोलीले लुम्बिनी प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री सन्तोष पाण्डेयलाई भेट गरी खेलकुद पूर्वाधार निर्माण तथा संरक्षणका लागि आवश्यक बजेट उपलब्ध गराउन आग्रह गरेको समितिका प्राविधिक सल्लाहकार फरमान अली सिद्दिकी -सोनु)ले जानकारी दिए ।
उनका अनुसार नेपालगञ्जमा अझै धेरै खेलकुद पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता रहेको छ । यसअघि निर्माण गरिएका एक अर्ब रुपैयाँभन्दा बढी लागतका पूर्वाधारको संरक्षणसमेत आवश्यक रहेकाले मन्त्रालयसँग बजेट माग गरिएको हो ।
मन्त्रीलाई भेट्न गएको टोलीमा कार्यालय प्रमुख चन्द, क्षेत्रीय प्रशिक्षण प्रमुख जयन्त श्रेष्ठ, पूर्व उपाध्यक्ष नरेन्द्र थापा तथा प्राविधिक सल्लाहकार फरमान अली सिद्दिकी सहभागी थिए ।
टोलीका सदस्यहरूले मन्त्री पाण्डेयलाई नेपालगञ्जको समग्र खेलकुद अवस्थाबारे जानकारी गराउँदै प्रतियोगिता तथा प्रशिक्षणलाई प्रभावकारी बनाउन थप पूर्वाधार निर्माण र संरक्षण आवश्यक रहेको बताएका थिए ।
भेटका क्रममा मन्त्री पाण्डेयले खेलकुद क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै आवश्यक बजेट उपलब्ध गराउन पहल गर्ने आश्वासन दिएको टोलीले जनाएको छ ।
उनले नेपालगञ्ज खेलकुदको …हबÚ भएको उल्लेख गर्दै ठूलो लगानीमा निर्माण भएका पूर्वाधारको संरक्षण तथा आवश्यक नयाँ पूर्वाधार निर्माण गरिने प्रतिबद्धता व्यक्त गरेको समितिका पूर्व उपाध्यक्ष नरेन्द्र थापाले बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार