Listen LIVE

बेपत्ता बाँकेका १६ जना आफन्तको डीएनए नमूना संकलन

नेपालगञ्ज : रसुवा बाढीमा बेपत्ता व्यक्तिहरूको पहिचानका लागि बाँकेमा आफन्तको डीएनए परीक्षण गर्न नमूना संकलन शुरु गरिएको छ ।

भेरी अस्पतालमा शनिबार १६ जनाको डीएनए परीक्षणका लागि नमूना संकलन गरिएको अस्पतालका फरेन्सिक विशेषज्ञ डा. अरविन शाक्यले बताए । नेपाल प्रहरीसँगको सहकार्यमा नमूना संकलनको काम भइरहेको उनले जानकारी दिए । संकलन गरिएका नमूना शनिबारनै काठमाडौं पठाइएको छ ।

बाढीमा बेपत्ता व्यक्तिहरू सम्पर्कमा नआएपछि उनीहरूको पहिचानका लागि आफन्तको डीएनए परीक्षण गर्न नमूना संकलन शुरु गरिएको बाँकेका प्रहरी प्रमुख -एसपी) अंगुर जिसीले जानकारी दिए । डीएनए परीक्षणका लागि नमूना दिन आउने अधिकांश कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाका वेपत्ताका आफन्तहरु रहेको पनि एसपी जिसीले बताए । 

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार १० भदौमा भोटेकोशी नदीमा आएको बाढीमा परी बाँकेका २९ जना सम्पर्कविहीन भएका थिए । तीमध्ये कोहलपुरका दुई जनाको शव फेला परेको छ भने अझै २७ जना सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया