काठमाण्डौ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको क्रियाशील सदस्यता अद्यावधिक गर्ने Úजरा अभियानÚ को शुभारम्भ गरेका छन् । काठमाडौँ महानगरपालिका वडा नम्बर ३० स्थित आफ्नै वडाबाट सदस्यता अद्यावधिक गरी उनँले यस अभियानको शुरुवात गरेका हुन् ।
विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि पार्टीको साङ्गठनिक सुदृढीकरणलाई तीव्रता दिएका थापाले वैशाख मसान्तसम्म देशभर यो अभियान जारी रहने जानकारी दिए । अभियानअन्तर्गत पार्टीका सबै तहका सदस्यले आफ्नो विवरण अद्यावधिक गर्नुपर्ने र यसले पार्टीको वास्तविक साङ्गठनिक अवस्था चित्रण गर्ने विश्वास लिइएको छ ।
सदस्यता अद्यावधिक गर्दै सभापति थापाले पार्टीलाई तल्लो तह बाटै बलियो र गतिशील बनाउन यो अभियान महत्त्वपूर्ण हुने बताए ।
2026-04-14
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार