नेपालगञ्ज : नेपालगञ्जमा हुन लागेको लुम्बिनी स्पोट्र्स अवार्डको मिति परिवर्तन गरिएको छ । प्राविधिक कारणले आयोजना मिति परिवर्तन गरिएको आयोजक रङ्गशाला नेपाल मिडिया प्रालीले जनाएको छ ।
नेपालगञ्जमा खेलाडी र खेलकर्मीको सम्मानका लागि मङ्सिर १८ गते लुम्बिनी स्पोट्र्स अवार्डको आयोजना गर्ने तयारी गरिएको थियो । अब छिट्टै नयाँ मिति केहि समयपछि सार्वजनिक गरिने लुम्बिनी स्पोट्र्स अवार्ड संयोजक चाहना शाहले बताइन् ।
आयोजना मिति थपिँदा अवार्डलाई थप भव्य बनाउन सहयोग गर्ने लुम्बिनी स्पोट्र्स अवार्डका प्रचार प्रसार संयोजक गजे थापाले बताए । खेल र खेलाडीको सहरले परिचित नेपालगञ्ज सहरमा आयोजनामा हुने स्पोट्र्स अवार्डले प्रदेश स्तरका खेलाडी र खेलकर्मीको योगदानलाई सम्मान गर्ने संयोजक थापाले बताए ।
लुम्बिनी स्पोट्र्स अवार्डको पहिलो संस्करणमा विभिन्न चार विधामा खेलाडी र खेलकर्मीलाई अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ । अवार्डमा उत्कृष्ट पुरुष खेलाडी अवार्ड, उत्कृष्ट महिला खेलाडी अवार्ड, उत्कृष्ट प्रशिक्षक र विशेष अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।
उत्कृष्ट टिम अवार्डको स्थानमा उत्कृष्ट प्रशिक्षक विधा समावेश गरिएको थापाले जानकारी गराए । अवार्डलाई अन्तर्राष्ट्रिय स्पोट्र्स ब्रान्ड केल्मीले सहप्रायोजन गरेको छ भने उत्कृष्ट पुरुष खेलाडी विधालाई रोयल समृद्धि बिजनेस ग्रुप प्रालीले प्रयोजन गरेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार