Listen LIVE

गोदावरीको बजेट एक अर्ब २२ करोड

धनगढी : कैलालीको गोदावरी नगरपालिकाले आर्थिक वर्ष २०८१–८२ का लागि एक अर्ब २२ करोड ३३ लाख ६५ हजार रुपैयाँको अनुमानित आयव्यय प्रस्तुत गरेको छ । 

आज भएको १३ औं नगरसभामा उपप्रमुख शारदा रोकायाले आगामी आर्थिक वर्षका लागि अनुमानित बजेट प्रस्तुत गरेकी हुन् । सो नगरपालिकालाई संघीय सरकारबाट वित्तीय समानीकरण अन्तर्गत १९ करोड १२ लाख, राजस्व बाँडफाँटबाट १८ करोड सात लाख, समपूरक अनुदान एक करोड ४० लाख प्राप्त हुने जनाइएको छ । 

यसैगरी, विशेष अनुदान चार करोड ३० लाख, सशर्त अनुदान ४४ करोड एक लाख ७९ हजार रुपैयाँ रहने जनाइएको छ । प्रदेश सरकारबाट वित्तीय समानीकरण एक करोड ८३ लाख ५६ हजार, राजस्व बाँडफाँट ६९ लाख ७७ हजार, समपूरक अनुदान एक करोड पाँच लाख ७० हजार र विशेष अनुदान ३५ लाख रुपियाँ प्राप्त हुने उपप्रमुख रोकायाले बताए । 

यसैगरी, घरजग्गा रजिस्ट्रेशनबाट ६ करोड ५० लाख, आन्तरिक स्रोतबाट १३ करोड ७२ लाख ४३ हजार, वन रोयल्टीबाट १३ लाख, विज्ञान करबाट ६ लाख ४० हजार र बैंक मौज्दात ११ करोड आन्तरिक आम्दानी रहने अनुमान गरिएको छ ।

प्रतिक्रिया