सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सोमबार विश्वासको मत लिने भएका छन् । कँडेलले साउन २१ गते सोमबार संसदबाट विश्वासको मत लिने भएका हुन् ।
कँडेलले संविधानको धारा १८८ को उपधारा (२) बमोजिम विश्वासको मत लिने छन् । उनले विश्वासको मत लिन लागेको यो दोस्रो पटक हो । पहिलोपटक गत वैशाख १३ गते पहिलो पटक संसदबाट विश्वासको मत पाएका थिए ।
गत असारमा केन्द्रमा सत्ता समीकरण बदलिएसँगै कर्णालीका नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएको थियो । कँडेलले अब नेपाली कांग्रेसको समर्थनमा सरकार पुनर्गठनको तयारी गरेका हुन् ।
2024-08-04
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार