नेपालगञ्ज : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट बाँके निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार मोहम्मद इस्तियाक राईले तीव्रताका साथ घरदैलो कार्यक्रम, मतदाताहरुसंग प्रत्यक्ष भेटघाटका साथै अन्तरक्रिया कार्यक्रम गर्दै आएका छन् ।
उनले शनिबार नेपालगञ्जमा प्राध्यापकहरूसँग अन्तरक्रिया गरेका छन् । अन्तरक्रिया कार्यक्रममा बोल्दै गुणस्तरीय शिक्षा प्रदानका लागि शैक्षिक क्षेत्र तथा शिक्षाकर्मीहरुका मागलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
त्यसैगरी, शनिबार बिहान नेपालगञ्ज उपमहानगरपालिका–१ अन्तर्गत चन्द्रनाथ टोल, दीप ज्योति टोल र पिपल चौतारा टोलमा मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै घरदैलो कार्यक्रम पनि सञ्चालन गरिएको छ ।
घरदैलो तथा छलफल कार्यक्रममा उम्मेदवार राईले शिक्षा, रोजगारी, विकास र सुशासनका विषयलाई प्राथमिकतामा राख्दै आफ्ना प्रतिबद्धता प्रस्तुत गरेका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार