नेपालगञ्ज : बाँके राष्ट्रिय निकुञ्ज सुरक्षार्थ श्री रणबम गण ओभरी ब्यारेक र राप्ती सोनारी गाउँपालिकाको संयुक्त आयोजनामा निःशुल्क स्वास्थ्य शिविर गरिएको छ । राप्ती सोनारी ८ पेरानीमा रहेको शिवशक्ती माध्यामिक बिद्यालयमा उक्त शिविर गरिएको हो ।
शिविर उदघाटन कार्यक्रममा नेपाली सेनाका उत्तर पश्चिम पृतनाका पृतनापति एवम् उपरथी दिपेशजंग शाह, चार बाहिनीपति एवम् सहायक रथी प्रशान्त बिक्रम राणा, प्रमुख सेनानी एवम् रणबम गणका गणपति खिमबहादुर डाँगी, बज्रदल गणका गणपति एवम् प्रमुख सेनानी, महासेनानी डा. सागरराज कर्णिकार, सेनानी डा. अर्जुन पौडेल, राप्ती सोनारी गाउँपालिकाका उपाध्यक्ष मनिषासिंह थारु, प्रमुख प्रशासकीय अधिकृत मनिराम खराल लगायतको उपस्थिती रहेको थियो ।
शिविरमा रणबम गणका गणपति डाँगीले कार्यक्रमका सम्बन्धमा प्रकाश पारेको राप्ती सोनारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले जानकारी दिए । शिविरमा आँखा, दम, अर्थो, दन्त लगायत सेवाहरु दिइएको बताइएको छ । कार्यक्रममा राप्ती सोनारी गाउँपालिकाका उपाध्यक्ष थारुले शुभकामना मन्तब्य ब्यक्त गरेकी थिइन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार