नेपालगञ्ज : नेकपा (एमाले) बाँके क्षेत्र नम्बर १ बाट पार्टी केन्द्रीय सदस्य सूर्य ढकालको एकल नाम सिफारिस भएको छ । क्षेत्रीय समन्वय कमिटीको शनिबार बसेको बैठकले सो क्षेत्रबाट निर्वाचित विघटित प्रतिनिधिसभा सदस्य ढकालको नाम एकलरूपमा सिफारिस गर्ने निर्णय गरेको क्षेत्रीय समन्वय कमिटीका संयोजक कुश्माखर बस्यालले जानकारी दिए ।
उम्मेदवार सिफारिस गर्न क्षेत्र नम्बर २ को नेपालगञ्ज र ३ को बैजनाथ बनकटुवामा क्षेत्रीय समन्वय कमिटीको बैठक जारी छ । क्षेत्र नम्बर २ बाट जिल्ला अध्यक्ष निरक गुरुङ, नेताहरू कृष्णप्रसाद श्रेष्ठ, मनोज बर्मा र अछरी पोख्रेलले दाबी पेस गरेका छन् ।
क्षेत्र नम्बर ३ मा पूर्वमन्त्री दलबहादुर सुनार, किस्मत कक्षपति, पदम धिताल, लालबहादुर खत्री, करिम खान लगायतले दाबी पेस गरेका छन् ।
2026-01-03
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार