Listen LIVE

क्यानद्वारा सन् २०२६ को क्रिकेट क्यालेण्डर सार्वजनिक

काठमाण्डौ : नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ को क्रिकेट क्यालेन्डर सार्वजनिक गरेको छ । क्यानले वर्षभर नै घरेलु र अन्तर्राष्ट्रिय खेल हुने गरी क्रिकेट क्यालेन्डर सार्वजनिक गरेको हो । जस अनुसार २८ घरेलुु प्रतियोगिता हुनेछन् भने ३२ अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली महिला र पुरुष टोली सहभागी हुनेछ ।

यो वर्ष नेपालले महिला टी–२० विश्वकपको ग्लोबल छनोट आयोजनादेखि पुरुष टी–२० विश्वकपमा सहभागिता जनाउने भएको छ । क्यानले शनिबार सार्वजनिक गरेको क्यालेन्डर अनुसार आसन्न आइसिसी पुरुष टी–२० विश्वकपअघि नेपालले सिरिज खेल्ने छैन ।  घरेलु प्रतियोगिताको रूपमा जनवरीमा प्रधानमन्त्री कप जिल्लास्तरीय र प्रदेशस्तरीय प्रतियोगिता हुनेछ ।

प्रतिक्रिया