काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राजनीतिक दलका अध्यक्ष, पूर्व प्रधानमन्त्रीहरु, मन्त्री लगायत सबैको सम्पत्ति छानबिन गर्न माग गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना अध्यक्ष रवि लामिछानेको नाम सहकारीको बचन रकम अवैध अपचलनमा मुछिएपछि संसदीय छानबिनको माग गरेर संसदमा विरोध गरिरहेको नेपाली कांग्रेसलाई जवाफ दिनेगरी विगतदेखिको छानबिनको माग गर्न थालेको छ । महामन्त्री थापाले त्यसैको जवाफमा यस्तो धारणा राखेका हुन् । कांग्रेसका केही नेताले संसदमा निवेदन समेत दर्ता गराएका छन् ।
महामन्त्री थापाले जोड दिएर भने, ‘कांग्रेसका सभापति, एमालेका अध्यक्ष, माओवादीका अध्यक्ष, अहिलेका प्रधानमन्त्रीको, भूतपूर्व प्रधानमन्त्रीको, हामी जस्तो मन्त्री भएकाहरूको सबैको सम्पत्ति छानबिन गरौं,’
उनले २०४७ देखिको लामो कार्यकालमा राजनीतिक नेतृत्व, प्रशासनिक नेतृत्व लिनेहरू जवाफदेही हुनुपर्ने महामन्त्री थापाको भनाई छ । आजसम्म भएका आर्थिक अपचलनका ठूला काण्डमा जिम्मेवार रहेका सबैको छानबिन हुनुपर्ने भन्दै थापाले उनीहरूले कहीं न कहीं सजाय पाउनुपर्नेमा जोड दिए । उनले भने, ‘नागरिकलाई राज्यसँग भर होस् । गलत गर्ने मान्छेलाई राज्यसँग डर होस् ।’
महामन्त्री थापाले सार्वजनिक सम्पत्तिको अपचलन, सहकारी प्रकरण सहित सबैको छानबिन हुनुपर्ने भन्दै सहकारीबाट अर्बौं रकम खानेहरू केही समय अघिसम्म विज्ञका रुपमा भाषण गर्दै हिंडेको देखेको बताए । यसमा जिम्मेवार निकायले समेत नहेरेको बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार