Listen LIVE

राष्ट्रपतिद्वारा काठमाडौं–तराई–मधेस द्रुतमार्गको अवलोकन

हेटौँडा : राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई–मधेस द्रुतमार्गको अवलोकन भ्रमण गरेका छन् । नेपाली सेनाको हेलिकप्टरमार्फत द्रुतमार्गको अवलोकन भ्रमण गर्न उनी मकवानपुरको बकैयामा आएका हुन् । 

उनले बकैया–११ लेनडाँडामा निर्माण भइरहेको द्रुतमार्गको सुरुङ अवलोकन गरी निर्माणबारे जानकारी लिएका छन् । नेपाली सेनाको प्रतिनिधिले अहिलेसम्म भएका प्रगति र निर्माणको अवस्थाबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए । 

मकवानपुरमा अवलोकन गरेपछि हेलिकप्टरबाटै बारामा भइरहेको कार्यबारे जानकारी लिन उनी निजगढतर्फ जाने र त्यहाँबाट काठमाडौँ फर्कने कार्यक्रम रहेको बताइएको छ ।

प्रतिक्रिया