दाङ : दाङको राप्ती गाउँपालिकाले मजदुरको निःशुल्क दुर्घटना बिमा गरिएको छ । गाउँपालिकाले तीनसय २७ जना मजदुको निःशुल्क बिमा गरिदिएको हो ।
बिमा कार्यक्रममा आबद्ध हुन गाउँपालिकाले सार्वजनिक सूचना प्रकाशन गरेको र सोही आधारमा आवेदन दिनुभएका मजदुरको गाउँपालिकाले निःशुल्क बिमा गरिदिएको छ । गाउँपालिकाले गत वर्षदेखि नै मजदुरको दुर्घटना बिमा गर्दैआएको छ ।
दुर्घटनामा परी उपचार गर्नुपर्ने अवस्थामा बिमाअन्तर्गत प्रतिव्यक्ति एक लाख रुपियाँसम्मको उपचार खर्च उपलब्ध हुने व्यवस्था गरिएको राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले जानकारी दिए । अध्यक्ष विष्टले मजदुरसँगै गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविका, सरसफाइकर्मी र सहिद परिवारको समेत स्वास्थ्य बिमा गरेको छ ।
गाउँपालिका अध्यक्ष विष्टले जोखिम मोलेर काम गर्ने मजदुरको सुरक्षालाई ध्यानमा राखेर दुर्घटना बिमा कार्यक्रमलाई निरन्तरता दिइएको जानकारी दिए । 'मजदुरको स्वास्थ्य र सुरक्षाप्रति स्थानीय सरकार संवेदनशील रहेको छ' गाउँपालिका अध्यक्ष विष्टले भने, 'मजदुरलाई दुर्घटनाका बेला उपचारमा आर्थिक समस्या नहोस् भन्ने उद्देश्यले बिमा गरिदिएका छौं ।'
अध्यक्ष विष्टले मजदुरको हितमा सञ्चालन गरिएका सामाजिक सुरक्षाका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार