नेपालगञ्ज : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाँकेको नेपालगन्जमा जारी प्रथम जिल्ला अधिवेशनमा जिल्ला सभापति पदका लागि पुनः निर्वाचनको तयारी गरिएको छ । उम्मेदवारी दिएका चार जनाले ५१ प्रतिशत मत कटाउन नसकेपनि पुनः निर्वाचनको तयारी गरिएको हो । रास्वपाको बिधान बमोजिम बढी मत प्राप्त गर्ने २ जना बीच पुनः निर्वाचन गरेर नेतृत्वको टुँगो लगाउने तयारी गरिएको बताइएको छ । यद्देपी नेताहरुले सहमतिका आधारमा नेतृत्व चयन गर्ने प्रयास पनि थालेका छन् ।
शनिबार भएको अधिवेशनबाट सभापति पदका उम्मेदवार विवेक कुमार श्रेष्ठले ८५ मत, आनन्द बाबु काफ्लेले ५२, हरिपाल सिंह केसीले ३९ र विनोद अग्रहरीले ११ मत प्राप्त गरेका थिए । कसैलेपनि ५१ प्रतिशत मत कटाउन नसकेपछि नेतृत्व चयनका लागि नयाँ प्रयास थालिएको रास्वपा नगर सपभाति नविन खड्काले बताए । उनले सहमतिमै नेतृत्व टुंगो लगाउन छलफल भैरहेको बताउँदै सहमति नभए पुनः नेतृत्वका लागि मतदान हुने जानकारी दिए । अव विवेक कुमार श्रेष्ठर आनन्द बाबु काफ्लेबीच प्रतिस्पर्धा गराएर सभापतिको टुंगो लगाइने सहभागी यसअघिका सभापतिका प्रत्यासी विनोद अग्रहरीले बताए ।
अन्य पदमा भने निर्वाचनको माध्यमबाट टुंगो लागेको छ । रास्वपा बाँके जिल्ला उपसभापति पदमा ईश्वरी लामीछाने ११९ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी रामकुमार बिष्टले ६८ मत प्राप्त गरेका छन् । सचिव पदमा शुभम कुमार गुप्ता र सहसचिव पदमा फारुक गुज्जर निर्वाचित भएका छन् ।
जातीय प्रतिनिधि सदस्यतर्फ कमर जहाँ, दलित सदस्यतर्फ स्मृति नेपाली निर्वाचित हुँदा खुला सदस्यतर्फ यमुना कुमारी थापा मगर, एकलाल थापा क्षेत्री र हेमराज बराल निर्वाचित भएका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार