Listen LIVE

सत्तासमीकरण २०८४ सालसम्म निरन्तर : महासचिव पोख्रेल

दाङ : नेकपा (एमाले) का महासचिव शङ्कर पोख्रेलले २०८४ सम्म नै सत्तासमीकरण यथावत् रहने बताएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ माले डाँडामा एमालेका नेता श्रीमणि आचार्यको सालिक अनावरण गर्नुहुँदै महासचिव पोख्रेलले अहिलेको सत्तासमीकरण २०८४को निर्वाचन पछिसमेत कायम रहने बताए ।

उनले देशमा बलियो राजनीतिक शक्तिको आवश्यकता रहेको बताए । एमालेका महासचिव पोख्रेलले दाङको टरिगाँउ विमानस्थलको विस्तारमा अहिलेको नीति र कार्यक्रमले प्राथमिकता दिएको बताए । उनले दाङको सडक पूर्वाधारमा बजेटमा समावेश भएको बताए । लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत रहेका पोख्रेलले सातवटै प्रदेशमध्ये लुम्बिनीले मात्रै संरचना निर्माणको कामलाई अघि बढाएको बताए । उनले दाङको सिँचाइ र खानेपानी दीर्घकालीन समाधानका लागि ग्वारखोला जलाशयलाई अघि बढाउनुपर्ने बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद दीपक गिरीले राजनीतिक स्थायित्वका लागि बलियाशक्ति एकजुट हुनुपर्ने बताए । उनले दाङको विकासमा सम्पूर्ण एकजुट हुनुपर्ने बताए । 

२०५१ सालमा निर्वाचनका क्रममा बिजौरीमा गोली चल्दा घाइते भएका एमालेका तत्कालीन जिल्ला कमिटी सचिव श्रीमणि आचार्यको २०६४ पुस ३ मा उपचारका क्रममा निधन भएको थियो ।

प्रतिक्रिया