काडमाण्डौ : युरोपेली च्याम्पियन्स लिगमा साबिक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले बार्सिलोनालाई पराजित गरेको छ।
बुधबार राति भएको खेलमा पीएसजीले २–१ को पुनरागमन जित हासिल गरेको हो। बार्सिलोनाका फेरान टोरेसले १९औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। सेनी मायुलुले ३८औँ मिनेटमा पीएसजीका लागि बराबरी गोल फर्काए।
खेलको ९०औँ मिनेटम गोन्सालो रामोसले गोल गर्दै पीएसजीलाई जित दिलाए। बुधबारका अन्य खेमा नेपोलीले पनि स्पोर्टिङ लिस्वनलाई २–१ ले हरायो।
न्युकासल युनाइटेडले युनियन सेन्ट गिलोसलाई ४–० तथा आर्सनलले ओलम्पियाकोसलाई २–० ले हरायो।
म्यानचेस्टर सिटी र मोनाको तथा भिल्लारियल र युभेन्टसले २–२ गोलको बराबरी खेले।
2025-10-02
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार