काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सेवाका रुपमा लिनुपर्ने राजनीति पछिल्लो समय विकृत भएको बताएका छन् । राजनीतिमा लागेकाहरु निहित स्वार्थमा लाग्दा यो क्षेत्र बदनाम भएको उनले बताए ।
राजधानीमा बिहीबार गंगादेवी थपलियाको जीवनीमा आधारित पुस्तक ‘जीवन यात्रा’ लोकार्पण समारोहमा उनले राजनीतिलाई सेवाको रुपमा अवलम्बन गर्नुपर्नेमा जोड दिए ।
उनले थपलिया राजनीतिलाई सेवाका रुपमा लिने व्यक्तित्व भएको भनाइ राखे । थपलिया समाजसेवामा कुशल व्यक्तिसँगै राजनीतिज्ञ पनि भएको भन्दै राजनीतिलाई पेसा नभइ सेवाका रुपमा प्रस्तुत गरेको उनले बताए ।
उनले भने, ‘राजनीति लेखपढले मात्र हुँदैन । राजनीति अहिले पछिल्लो दिनमा एकप्रकारले विकृत जस्तो भएको छ । राजनीति भन्नेवित्तिकै ओढ्ने ओछ्याउने व्यवसायजस्तो, छोराछोरी पाल्ने पेसाजस्तो मानिराखेको बेला राजनीति गर्ने मान्छे भन्नेवित्तिकै डराउने बेलामा गंगादेवी त्यस्तो नाम हो जसले राजनीतिलाई पेसा होइन सेवाको रुपमा अवलम्बन गर्नुभएको थियो ।’
पुस्तकका लेखक गंगादेवी थपलियाले पुस्तक आफैंले विमोचन गर्न पाउँदा भाग्यमानी ठानेको बताइन । उनले भनिन्, ‘मैले यो मेरो पुस्तक विमोचन गरेर तपाईहरुलाई बाँड्न पाएँ, म भाग्यमानी रहेछु भन्ने ठानेको छु । मेरो जन्मसिद्ध भएको अनुभव गरेको छु ।’
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार