काठमाण्डौ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पदमा नियुक्त भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६ (२) बमोजिम आइतबार प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् ।
शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा विश्वासको मत गुमाएपछि राष्ट्रपतिले सोही साँझ धारा ७६ (२) अनुसार नयाँ प्रधानमन्त्रीमा दाबी गर्न दलहरुलाई आह्वान गरेका थिए । त्यसलगत्तै ओलीले एमाले र कांग्रेसका १६६ सांसदको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेश गरेका थिए ।
राष्ट्रपति कार्यालयले प्रधानमन्त्री ओलीको शपथग्रहण कार्यक्रम सोमबार बिहान ११ बजेका लागि तोकेको छ ।
2024-07-14
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार