Listen LIVE

चेतनारायण आचार्य लुम्बिनीको मुख्यमन्त्री नियुक्त

नेपालगञ्ज : लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले आचार्यलाई आज मुख्यमन्त्री नियुक्त गरेका हुन् । 

शेरचनले उनलाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । आचार्यले आजै कांग्रेसको समर्थनमा दाबी पेश गरेका थिए । उनी एमाले संसदीय दलको उपनेता हुन् ।

प्रतिक्रिया