कास्की : गृहमन्त्री रमेश लेखकले गर्भनर नियुक्ति र अन्य कुनै विषयले सरकार संकटमा नरहेको दाबी गरेका छन् ।
प्रेस युनियन कास्कीले शनिबार आयोजना गरेको पत्रकार भेटघाटमा उनले योग्य व्यक्तिलाई सरकारले गभर्नर छनोट गर्ने बताए ।
‘भागबण्डाको कुरा छैन । योग्य मान्छेलाई नै छनोट गर्ने हो । यसका लागि सरकारले आवश्यक छलफल गरेर निर्णय गर्छ,‘ उनले भने, ‘गर्भनरका कुराले या अर्को कुनै कुराले सरकारमा संकट उत्पन्न भएको पनि छैन ।’
सरकार परिवर्तन हुने नभइ विपक्षी दलले सरकार ढल्छ भन्दै हिँडेकाले त्यो कुराको सरकारले प्रतिवाद गरिसकेको उनको भनाइ छ ।
यस्तै संविधान संशोधानका लागि नेपाली कांग्रेस र नेकपा (एमाले)बीच संयुक्त समिति बनाउने विषयमा सहमति भइसकेको उनले बताए ।
उनले उक्त समितिमा रहने संख्याबारे दुई दल सहमति नजिक पुगेको सुनाए । ‘नेपाली कांग्रेस र नेकपा (एमाले)को एउटा संयुक्त कमिटी बन्ने कुरामा सहमति भइसकेको छ । संख्यामा पनि करिब–करिब सहमति जुटेको छ,’ उनले भने, ‘संविधान संशोधन सबैको सहमितबाट गर्ने हो । एकांकी ढंगले गर्ने होइन ।’
शिक्षकहरुको माग उचित ढंगले सम्बोधन गरेर निष्कर्षमा पुग्ने गृहमन्त्री लेखकको भनाइ थियो । यसअघि भएको सहमतिअनुसार ऐन निर्माण गरेर आवश्यक निर्णय गरिने उनले स्पष्ट पारे । ‘हामी शिक्षकका मागलाई उचित ढंगले सम्बोधन गरेर निष्कर्षमा पु¥याउन प्रतिबद्ध छौं । उहाँहरुका माग महत्त्वपूर्ण छन्,‘ उनले भने, ‘पूर्ववर्ती अवस्थामा जे सहमति भएका थिए, त्यसअनुसार ऐन बनाउने, आवश्यक निर्णय गरेर हामी अगाडि बढ्छौं ।’
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार