नेपालगञ्ज : नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको ८८औँ जन्मजयन्तीका अवसरमा बाँकेमा विशेष कार्यक्रम आयोजना गरिएको छ ।
नेपाली कांग्रेस बाँकेको आयोजनामा बिहीबार माल्यार्पाण, रक्तदान लगायतका कार्यक्रम गरिएको हो । बिहान नेपालगञ्जको ट्राफिक चोकमा रहेको सुशील पार्कमा रहेको शालिकमा माल्यार्पन गरियो । कार्यक्रमका प्रमुख अतिथी एवम निवर्तमान जिल्ला सभापति किरण कोइराला, कार्यबाहक सभापति गोपालप्रसाद अधिकारी लगायतले माल्यार्पण गरेका थिए ।
उक्त कार्यक्रममा निवर्तमान जिल्ला उपसभापति सुनिलनरसिंह राणा, वर्तमान जिल्ला सचिव सुधान्सु कोइराला, जिल्ला कोषाध्यक्ष यज्ञबहादुर बस्नेत, सह–सचिव रेणुसिंह ठाकुर, नेपाली कांग्रेस क्षेत्र नम्बर १ का सभापति पोषणराज केसी, क्षेत्र नम्बर २ का सभापति रमेशकुमार गुप्ता, जिल्ला नेपालगञ्ज उपमहानगरपालिकाका निवर्तमान उपमेयर एवम कांग्रेस नेतृ उमा थापासहित विभिन्न तहका नेता तथा कार्यकर्ता, शुभेच्छुक लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा स्वर्गीय कोइरालाको राजनीतिक योगदान, लोकतन्त्र, राष्ट्रियता तथा समाजवादप्रतिको प्रतिवद्धताको स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो । नेपालगञ्ज–१० का स्थानीय बासिन्दा समेत रहेका कोइराला बाँके क्षेत्र नम्बर २ बाट पटक–पटक चुनाव लडेका थिए ।
कांग्रेसको सभापति हुँदै प्रधानमन्त्री बनेका कोइरालाको नेतृत्वमा संविधान सभाबाट २०७२ असोज ३ गते नेपालको संविधान जारी भएको थियो । उनी नेपाली राजनीतिमा सादगी, निष्ठा र लोकतान्त्रिक मूल्यप्रतिको प्रतिबद्धताका लागि परिचित थिए ।
माल्यार्पण कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका निवर्तमान जिल्ला सभापति कोइरालाले सबै दललाई मिलाएर संविधान जारी गर्न सफल व्यक्तित्व स्वर्गिय कोइराला भएको बताइन । स्वर्गिय कोइरालाले राष्ट्रका लागि अतुलनीय योगदान गरेको बताइन । कांग्रेस बाँकेका कार्यबाहक सभापति अधिकारीले पार्टी भित्र बढेको विचलनप्रति चिन्ता व्यक्त गरे ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार