Listen LIVE

शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्म कर्फ्यु

काठमाण्डौ : दुर्गाप्रसाईंको नेतृत्वमा राजावादीहरुको समुहले आगजनी, तोडफोड र अराजकता मच्चाएपछि काठमाडौं प्रशासनले तीनकुने आसपासको क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ ।

प्रहरीले माइकिङ गर्दै तीनकुने वरपर कर्फ्युको सूचना दिएको छ ।

राजावादी प्रदर्शनकारी अराजक बन्दै सर्वसाधारणको घर तथा सम्पत्ति जलाउने, गाडी जलाउने, प्रहरी कार्यालयमा ढुंगामुढा र तोडफोड गर्ने जस्ता काम गरेपछि स्थितिलाई थप नियन्त्रणबाहिर जान नदिन कर्फ्यु आदेश जारी गरिएको हो ।

राजावादीहरुले सुविधानगरमा रहेको एकीकृत समाजवादीको पार्टी कार्यालय समेत तोडफोड गरेका छन् भने पेरिसडाँडामा रहेको माओवादी पार्टी कार्यालय जलाउने प्रयास गरेका छन् ।

प्रतिक्रिया