नेपालगञ्ज : नेकपा एमालेका महासचिव शङ्कर पोखरेल बेलायत भ्रमणमा गएका छन् । प्रवासी नेपाली मञ्चको नवौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्न महासचिव पोखरेल आज बेलायत प्रस्थान गरेका हुन् ।
महासचिव पोख्रेल भोलिदेखि शुरु हुने सम्मेलनको उदघाटन गर्न पोखरेलका साथमा एमालेका पोलिटब्यूरो सदस्य सुजिता शाक्य पनि बेलायत गएकी छन् । बेलायत भ्रमणका क्रममा महासचिव पोखरेलले त्यहाँका नेपाली समुदायसँगै विभिन्न कूटनीतिज्ञसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको एमाले केन्द्रीय सदस्य एवं युरोप–अमेरिका इञ्चार्ज घनश्याम पाण्डेले जानकारी दिए । महासचिव पोख्रेल असार ८ गते स्वदेश फर्कने उनको सचिवालयले जनाएको छ ।
2025-06-12
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार