Listen LIVE

बाँकेमा नेकपा एस छाडेर डेढ सय युवा एमालेमा प्रवेश

कोहलपुर (बाँके) : नेकपा एकिकृत समाजवादीको युवा संगठन समाजवादी युवा संघका बाँके जिल्ला अध्यक्ष दिपेन्द्र कुवर एमाले प्रबेश गरेका छन् । आज कोहलपुरमा नेकपा एमालले गरेको बिशेष कार्यक्रममा उनी एमाले प्रबेश गरेका हुन् । दिपेन्द्र कुवर, सुरेश अधिकारी र मदन विकको नेतृत्वमा एक सय पचास बढि युवाहरु आफनो पुरानो ठाउँ नेकपा एमालेमा फर्किएको एमाले स्वास्थ्य फाँट ईञ्चार्ज कुस्माखर बस्यालले बताए ।

कोहलपुरमा आयोजित कार्यक्रममा नेकपा एमालेका जिल्ला ईन्चार्ज शान्ति ढकाल,  ईन्चार्जहरु सुर्य ढकाल, मो. हारुन हलुवाई, पशुपति दयाल मिश्र, जिल्ला सचिव बलराम भट्टराई, नगर अध्यक्ष कुल बहादुर भट्टराई, सचिव हेम कुमार रावत, युवा संघका केन्द्रिय सदस्य खेम शर्मा, कुस्माखर बस्याल, किशोर थापालगायत युवा संघका कार्यकर्ताहरुले नव प्रबेशिहरुको स्वागत गरेका थिए ।

पार्टीमा स्वागत गर्दै नेकपा एमालेका जिल्ला सचिव बलराम भट्टराईले युवाहरुको उर्जाशिल शक्तिलाई समाज परिवर्तनमा खर्चिन आब्हान गर्दै देश बनाउने जिम्मा युवाहरुकै काँधमा रहेको जिकिर गरे । उनले हजारौं युवाहरु विदेश पलायन भईरहेको सन्दर्भमा स्वदेशमै केहि गरौं भन्ने मनासयले स्वदेशमै उद्यम गरिरहेका युवाहरुलाई राज्यले उद्यमशिल वनाउन ठोस निति तय गर्नुपर्नेमा जोड दिए ।

नेकपा एमाले नगर अध्यक्ष कुल वहादुर भट्टराईको अध्यक्षतामा आयोजित पार्टी प्रबेश कार्यक्रममा एमालेका नेताहरु सुर्य ढकाल, शान्ति ढकाल, पशुपति दयाल मिश्र, मो.हारुन हलुवाई र किशोर थापाले समेत आ–आफनो मन्तब्य राखेका थिए भने कार्यक्रमको सञ्चालन नगर सचिव हेमकुमार रावतले गरेका थिए ।

प्रतिक्रिया