काठमाण्डौ : नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा हर्शल जयन्त पाठक नियुक्त भएका छन् ।
नेपाल क्रिकेट सङ्घ (क्यान)ले मङ्गलबार भारतीय पूर्व क्रिकेटर पाठकलाई प्रशिक्षकमा नियुक्त गरेको हो । अलराउण्डर पाठकले यसअघि थाइल्यान्डको महिला टोली हेरिसकेका छन् ।
नेपाली महिला टोलीले पहिलो पटक विदेशी प्रशिक्षक पाएको हो । क्यानले प्रशिक्षकका लागि यसअघि दरखास्त आह्वान गरेको थियो । जसमा विभिन्न देशबाट ७० जना प्रशिक्षकले आवेदन दिएका थिए ।
आवेदकमध्येबाट क्यानले पाठकलाई छनोट गरेको हो । प्रशिक्षक पाठकले अब नेपाली टोलीलाई आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोट खेलाउने छन् ।
ग्लोबल छनोट सन् २०२६ को जनवरी १२ देखि फेब्रुअरी १ तारिखसम्म नेपालको घरेलु मैदान कीर्तिपुरमा हुनेछ । छनोटका लागि नेपाली महिला टोलीको बन्द प्रशिक्षण क्याम्प शुरु भइसकेको छ ।
2025-12-16
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार