Listen LIVE

बैजनाथ गाउँपालिकाको बेरुजु ३७ करोड नाघ्यो

नेपालगञ्ज : बाँकेको बैजनाथ गाउँपालिकाको अद्यावधिक बेरुजु ३७ करोड नाघेको छ । महालेखा परीक्षकको कार्यालय आर्थिक बर्ष २०८१/०८२ को लेखापरीक्षण पछि जारी गरेको प्रतिवेदनमा बैथनाथ गाउँपालिकाको अद्यावधिक बेरुजु रु.३७ करोड ४१ लाख ७ हजार पुगेको छ ।

गाउँपालिकाको आय व्यय तर्फ रु १ अर्ब ९५ करोड ३८ लाख ५९ हजारको लेखापरीक्षणबाट रु. ६ करोड ४६ लाख ८९ हजार बेरुजू देखिएकोमा प्रतिक्रियाबाट रु ५ लाख ७० हजार सम्परीक्षण भई असुल गर्नुपर्ने रू ३० लाख ३६ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रू. ४८ लाख ६४ हजार, नियमित गर्नुपर्ने रु.५ करोड ५७ लाख १७ हजार र पेस्की बाँकी रु.५ लाख २ हजार समेत रु ६ करोड ४१ लाख १९ हजार बाँकी रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । 

…गत वर्षसम्म कायम बेरुजु रु. ३१ करोड २२ लाख २६ हजार मध्ये रू.२२ लाख ३८ हजार सम्परीक्षण भई यस बर्षको थप समेत हालसम्मको अद्यावधिक बेरुजु रु.३७ करोड ४१ लाख ७ हजार रहेको छÚ, महालेखाको ६३ औं प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया