Listen LIVE

सुदूरपश्चिममा नयाँ सरकार गठनका लागि आह्वान

धनगढी : सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले आइतबार साँझ ५ बजेभित्र नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेका छन् । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले राजीनामा दिएपछि प्रदेश प्रमुख मियाँले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् ।

संविधानको धारा १६८ को (२) उपधारा बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा नयाँ सरकार गठनका लागि आह्वान गरिएका हो । एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सोडारीले शुक्रबार प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका थिए । त्यसलगत्तै सोडारीले प्रदेश प्रमुख नजिर मियाँलाई भेटेर राजीनामा पत्र बुझाएका थिए ।

कांग्रेस र एमालेबीच भएको सहमती अनुसार अब सुदूरपश्चिम सरकारको नेतृत्व कांग्रेसले गर्ने छ । सोही अनुरुप आइतबार बेलुकासम्म कांग्रेस प्रदेश संसदीय दलले मुख्यमन्त्रीको टुंगो लगाएर दाबी पेश गर्ने छ ।

प्रतिक्रिया