Listen LIVE

नेपालले यू–१९ क्रिकेट विश्वकप आयोजना गर्ने

काठमाण्डौ : नेपालले यू–१९ क्रिकेट विश्वकप एसिया छनोट आयोजना गर्ने भएको छ ।

अर्को वर्षको अप्रिलमा हुने छनोट प्रतियोगिताको आयोजना नेपालले गर्ने टुंगो लागेको क्यानका सचिव पारस खड्काले जानकारी दिए ।

क्यानका अनुसार छनोटका खेलहरू सन् २०२५ अप्रिल १२ देखि २१ सम्म हुनेछन् । यो प्रतियोगिताको विजेता सन् २०२६ मा जिम्बाब्वे र नामिबियामा हुने यू–१९ विश्वकप क्रिकेटका लागि छानिने छ ।

छनोटमा नेपालसहित अफगानिस्तान, हङकङ, ओमान र यूएई सहभागी हुनेछन् । यसअघि नेपाल यूएईलाई फाइनलमा पराजित गर्दै विश्वकपमा छनोट भएको थियो ।

प्रतिक्रिया