Listen LIVE

ब्राउनसुगरसहित बर्दियामा दुई जना पक्राउ

बर्दिया : बढैयाताल गाउँपालिका–२ फुटाहबाट लागूऔषध ब्राउनसुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका बाँसगढी नगरपालिका–६ बस्ने २४ वर्षीय राम कुमार थारूलाई १ ग्राम ३ सय मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

यसैगरी, भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका बढैयाताल गाउँपालिका–५ बस्ने १७ वर्षीय किशोरलाई ४ सय ३० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवैजनामाथि लागूऔषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया